योङ रेड फोर्स दार्चुलाको सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स नेपाल दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न सम्मेलनले ओमप्रकाश रावलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । फोर्सको उपाध्यक्षमा सागर ठगुन्ना, सचिवमा आनन्द परियार, सहसचिवमा सन्तोष ठगुन्ना, कोषाध्यक्षमा धामती बिष्ट रहेका छन् । सदस्यमा आशीष ठगुन्ना, पावेल महरा, सन्देश महरा, अनिल टमटा, शेखर बिष्ट, प्रकाश धामी, नारद ओड, मिलन सावद, लोकेन्द्र टमटा, अमर सावद, नरेश परियार, प्रेम महरा, दिनेश ओड, सन्तोष भट्ट र अन्य पाँचजना पछि थप गर्ने निर्णय गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि महाकाली ब्युरो इन्चार्ज श्याम भट्ट, अतिथिमा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष अनुकूल, बैतडी इन्चार्ज वासुदेब र दार्चुला इन्चार्ज जीवन रहेका थिए ।

२०७५ असोज २३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :