नेकपाका सगरमाथा इन्चार्ज रिहा

 
काठमाडाैँ : नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई ५५ दिनपछि रिहा भएका छन् । सुनसरी, उदयपुर हुँदै सङ्खुवासभा पु¥याइएका राई मङ्गलबार सङ्खुवासभा जिल्ला अदालतबाट रिहा भएका हुन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज सौगात आचार्य, सेक्रेटरी सुमनसिंह पौडेल र मजदुर नेता चमनलाल माझी पनि रिहा भएका छन् । उनीहरूलाई सोमबार विराटनगर उच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश गरेको हो । गत भदौ १२ गते इलामबाट गिरफ्तारीमा परेका उनीहरूलाई विभिन्न हिरासतमा राख्दै झूट्टा मुद्दा लगाएर दुःख दिइएको थियो । आचार्यकी भतिजी तृप्ति आचार्यले रिट निवेदन गरेपछि उच्च अदालत विराटनगरले थुनामुक्तिको आदेश गरेको हो । प्रहरीले भदौ १२ गते ११ जनालाई गिरफ्तार गरेको थियो ।

२०७५ असाेज २३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :