योङ रेड फोर्स चितवनको अध्यक्षमा किरण

 

चितवन : नेपाल कम्युनिस्ट पार्टीै निकट योङ रेड फोर्स चितवनको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिबार चितवनमा भएको भेलाले किरणको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योङ रेड फोर्स नेपालका महासचिव पाटनले सरकारले युवाहरूलाई खाडीमा पठाएर डलर पचाउन पल्केको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लाल बहादुर बिसीले ट्याक्सको नाउँमा दलाल संसदीय व्यवस्थाको सरकारले जनतालाई दास र नोकर बनाउने दुस्साहस गरे त्यसको प्रतिरोध जनताले गर्ने चेतावनी दिएका छन् ।


यसैगरी चितवन जिल्ला सेक्रेटरी धु्रुवले पनि स्वागत गर्दै यो देशको रक्षा अब युवाहरूको हातमा आएको भन्दै सहिदको सपना र जनताको भरोसा पूरा गर्न पनि युवाहरुलाई आह्वान गरेका छन् ।

२०७५ असोज २१ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :