पूर्वमाओवादी केन्द्रका सल्लाकारसहित २१ जना विद्रोही नेकपामा प्रवेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ मा क्रान्तिकारी धु्रवीकरण तीव्र रूपमा भइरहेको छ । यही अभियानकै क्रममा डोटी जिल्लामा पूर्वमाओवादी केन्द्र सल्लाकार समितिका सदस्यसहित २१ जना नेता–कार्यकर्ता विद्रोही नेकपामा प्रवेश गरेका छन् ।

डोटीको जोरायल गाउँपालिका १ स्थित खारगाउँ मोहनबहादुर मल्ल, जिल्ला सदस्यहरू नरेश पुनमगर, पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर दिनेश पुनमगर, पूर्वजनमुक्ति सेनाका कम्पनी कमान्डर सुनील विक, वाईसीएलका जिल्ला अध्यक्ष कमला विकलगायत २१ जना नेकपामा प्रवेश गरेका छन् । उनीहरूलाई डोटी जिल्ला इन्चार्ज शेरबहादुर देउवा (शिखर) ले पार्टी प्रवेश गराएका थिए ।
२०७५ असोज २१ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :