नेकपाका ब्युरो सदस्य थापासहित २ जना रिहा, सेक्रेटरी पौडेलसहित दुई जनालाई रिहा गरे लगत्तै पुनः गिरफ्तार

झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता–कार्यकर्तालाई जिल्ला अदालत झापाको आदेशमा जनही तीस हजार धरौटीमा रिहा भएका छन् । रिहा गरेलगत्तै पुनः दुई जना नेता–कार्यकतालाई प्रहरीले गिरफ्तार गरेको छ । रिहा हुनेहरुमा नेकपाका मेची ब्युरो सदस्य तारा थापा र अखिल (क्रान्तिकारी) झापाका संयोजक सञ्जय राई रहेका छन् ।

उनीहरूसँगै रिहा भएका मध्य नेकपाका झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ झापाका अध्यक्ष चमनलाल माझी पुनः गिरफ्तार गरेको जानकारी झापाबाट तृप्ती आचार्यले दिएकी छिन् । उनीहरुलाई गिरफ्तार गरेर झापाको गौरी गञ्च इप्रकामा राखिएको छ । यो भन्दा अगाडि नेकपाका झापा इन्चार्ज सौगात आचार्यलाई ३ दिनको म्याद थपी झापाकै गौरी गञ्च इप्रकामा राखिएको छ ।

२०७५ असोज ८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :