सरकारी दमनका विरुद्ध सङखुवासभा बन्द

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले असोज २१ गते अाइतबार सङ्खुवासभा बन्दको कार्यक्रम घोषणा गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, सुनसरी जिल्ला सचिव पुष्प र ब्युरो सदस्य डिबीलाई झुट्ठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न दबाव स्वरुप संखुवासभा बन्दको कार्यक्रम घोषणा गरेको नेकपा सङखुवासभाले जनाएको छ । शुक्रबार जिल्ला इन्चार्ज विजय र सेक्रेटरी केमानसिंहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बन्दलाई सहयोग गरिदिन सबै उद्योगी, व्यापारी, यातायात व्यवसायी, शिक्षण संस्था र नागरिक समाजलाई आह्वान गरेका छन् ।
२०७५ असोज २० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :