योङ रेड फोर्स कैलालीको अध्यक्षमा रुपलाल दिवकर, ‘जनताको लागि र देशको राष्ट्रिय स्वाधीनताको लागि बलिदान गर्न तयार छौँ’

  

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, नेपाल कैलालीको प्रथम जिल्ला सम्मेलन शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले रुपलाल दिवकरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु देवकोटा, सचिवमा महेन्द्र नेपाली, सहसचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा कमल चौधरी रहेका छन् । उद्घाटन सभा हुनुअघि सयौँ युवाहरुको र्यालीले विभिन्न ठाउँ परिक्रमा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योङ रेड फोर्स, नेपालका निवर्तमान केन्द्रीय कोषाध्यक्ष दिनेश विकले नेपाली हरेक आन्दोलनमा युवाहरुको ठूलो भुमिका भए पनि प्रतिक्रान्तिका कारण आन्दोलनमा योगदान गरेका युवाहरु विदेशिन बाध्य हुन परेको अवस्था रहेको बताएका छन् ।

दिनेशले सरकारले नेपाली स्वाभिमानी युवाहरुलाई दास बनाउन खोजेको भन्दै राष्ट्र, जनताको लागि र देशको राष्ट्रिय स्वाधीनताको लागि बलिदान गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रमका विशेष अथिति नेकपाका जिल्ला इन्चार्ज विवेक कुमालले सरकारले वार्ताको नाटक गरेर जनतालाई भ्रम पार्दै दमनलाई निरन्तारता दिएको बताएका छन् । साथै युवाहरु अब कैलालीमा हुने सबै खालका षड्यन्त्रका विरुद्ध लाग्न आह्वान समेत कुमालले गरेका छन् ।

कार्यक्रममा जिल्ला सेक्रेटरी प्रकाश मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष लोक बहादुर मगर, अखिल नेपाल भुमिहिन सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी लगायतले मन्तव्य राखेका थिए । सम्मेलनमा सामाना परिवारले विशेष प्रस्तुति प्रस्तुत गरेको जनाइएको छ । 

२०७५ असोज १९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :