नेकपाका दुई पोलिटब्युरो सदस्य राई र पुन रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् । पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि सुनुवाइ गर्दै दुई माननीय न्यायाधीश मिरा खड्का, अनिलकुमार सिन्हाको आदेशमा रिहा भएका हुन् ।

बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, चीरञ्जीवी ढकाल र राजु अधिकारीले बहस गरेका थिए ।

राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ पर्‍याइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते  लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७५ असाेज १९ गते सुक्रबार  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :