जनसत्ताको प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमान्ड र पूर्वी कमान्डको संयुक्त प्रशिक्षण बिहीबार नारायणीेको मकवानपुरमा सम्पन्न भएको छ । केन्द्रीय जनपरिषद् नेपाल (जनसरकार) को सो प्रशिक्षण भेलामा नेवाः स्वायत्त प्रदेश, ताम्सालिङ स्वायत्त प्रदेश, भोजपुरा स्वायत्त प्रदेश, मिथिला स्वायत्त प्रदेश, किराँत स्वायत्त प्रदेश र लिम्बुवान स्वायत्त प्रदेशबाट तीन तीन जना र सो प्रदेश अन्तर्गतका सबै जिल्लाहरुबाट दुईदुई जना सहभागी थिए ।

कार्यक्रममा नेकपामा स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शन, जनसरकार प्रमुख सन्तोष बुढामगर, पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा चिरन पुन, वसन्त श्रेष्ठ, अमर झाक्री र चुडामणि ओली थिए ।

माणिक लामाको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण भेलाको सञ्चालन लिम्बुवानका तारा थापाले गरेको थिए । नेवा मोर्चाका अध्यक्ष राजेन्द्र महर्जनले स्वागत मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा प्रेम श्रेष्ठ, लोक किराती, मिथिला चौहान, बम वहादुर विष्ट र धु्रव अधिकारीले आ–आफ्नो कार्यक्षेत्रको प्रगतिविवरण प्रस्तुत गरेका थिए ।

२०७५ असोज १९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :