जनपरिषद् धादिङद्वारा आधा राजस्व जनसत्तालाई बुझाउन माग

 काठमडौँ : ताम्सालिङ स्वायत्त प्रदेशअन्तर्गत धादिङ जिल्लामा जनपरिषद् गठन गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख माणिक लामाले गरेका थिए । जनपरिषद्मा लक्ष्मण खतिवडा प्रमुख, धनबहादुर घले उपप्रमुख रहने गरी १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यक्रमका पमुख अतिथि लामाले देशमा भइरहेको चरम भ्रष्टाचार, महँगी, बलात्कार र हत्या बढेकोमा दुःख व्यक्त गरेका थिए । उनले मुलुक ज्यादै खतरनाक स्थितिमा पुेगेको भन्दै भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति देशभक्त स्वाभिमानी नेपालीका लागि सह्य हुन नसक्ने बताए । घरघरमा सिंहदरबार भन्ने नाराले गाउँगाउँमा गरिब जनतालाई भैँसी र कुकुरको समेत कर लगाएको भन्दै उनले आपत्ति जनाए । जिल्ला जनपरिषद् धादिङले जनताका नाममा आएको रकम आधा प्रतिशत आफ्नो सत्तामा हुनुपर्ने र त्यसका लागि हस्तक्षेप गर्नुपर्ने दाबी गरेको छ । कार्यक्रममा नेकपाका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधार र जिल्ला सेक्रेटरी बुद्ध गुरुङले मन्तव्य राखेका थिए ।

२०७५ असोज १९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :