नेकपाका गोरखा इन्चार्ज कुमालसहित ३ जना गिरफ्तार, तत्काल रिहा नगरे संघर्ष गर्ने चेतावनी


गोरखा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्ने र रिहा गर्ने कार्य सरकारले तीव्र पारिरहेको छ । यसै क्रममा नेकपा गण्डक ब्युरो अन्तर्गत रहेको गोरखा जिल्लाका इन्चार्ज योगेन्द्र कुमाल, अखिल (क्रान्तिकबारी) गोरखाका अध्यक्ष सुशान सुवेदी, इलाका सदस्य रामप्रसाद लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहलाई शुक्रबार बिहान ७ः३० बजे गोरखाको हरमटारचोकबाट गिरफ्तार गरिएको हो । आफ्ना नेता-कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् । इन्चार्जसहित ३ जनालाई रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतवनी पनि दिएका छन् ।
२०७५ असोज १९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :