इन्चार्ज राजु र सेक्रेटरी अम्मरलाई तत्काल रिहा नगरे कडा संघर्ष गर्ने नेकपा जनकपुर ब्युरोको चेतावनी

जनकपुर : नेकपाका धनुषा इन्चार्ज राजु कार्की र धनुषा सेक्रेटरी अम्मर धमलाको गिरफ्तारीका विरुद्ध जनकपुर ब्युरोले घोर भत्सर्ना गर्दै ससम्मान रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।  उक्त पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

कार्की र धमलालाई हिजो बिहीबार संगठनको कामको शिलशिलामा रहेको बेला धनुषाबाट प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको जनाएको छ । ब्युरो इन्चर्ज अरुणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकातिर वार्ताको नौटंकी रच्ने र अर्कोतिर नेकपाका नेता–कार्यकर्ताहरुको गिरफ्तारी बढाउँदै लैजानै वर्तमान केपी–प्रचण्ड सरकारको यसप्रकारको गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ साथै तत्कालै कमरेडहरुको ससम्मान रिहाइको जोडदार माग गर्दछ ।’

शान्तिपूर्ण तरिकाले संचालित राजनीतिक कार्यक्रममाथिसमेत राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनले राज्यको फाँसीवादी चरित्र उदाङ्गो हुँदै भन्दै सरकारको यस्ता प्रकारका सबै हर्कत समयमै बन्द गर्न विज्ञप्तिमा चेतावनी दिइएको छ ।

२०७५ असोज १९ गते शुक्रबा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :