अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा ममता रुचाल

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । असोज १४ गते उद्घाटन गरी १५ गते भएको बन्द सत्रले ममता रुचाल अध्यक्ष रहने गरी २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष नवराज विक, सचिव पदम विक, सहसचिव विमल आले, कोषाध्यक्ष सुजन गौतम रहेका छन् ।

उक्त सम्मेलनमा हजारौँ विद्यार्थीको उपस्थिति रहेको थियो । प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, विशेष अतिथि नेकपा गोरखा इन्चार्ज योगेन्द्र कुमाल, अतिथि अखिल (क्रान्तिकारी) उपाध्यक्ष रुद्र भट्टराई, पार्टी गण्डकका जनवर्गीय सङ्गठनका फ््रयाक्सन इन्चार्ज जगन तिवारी, तनहुँ जिल्ला पार्टी सेक्रेटरी सुजन, सङ्गठनका गण्डक ब्युरो संयोजक मिलन राई, सङ्गठनका केन्द्रीय सदस्य काजी गुरुङलगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि ढकालले अन्य सबै बिजनेसमा टाट पल्टेपछि शैक्षिक क्षेत्रमा नाफा कमाउन माफियाहरू आएको बताए । तिनलाई अब पार्टी र सङ्गठनले नछाड्ने चेतावनी दिएका छन् । कार्यक्रममा चुनु–शिल्पा सांस्कृतिक परिवारले बेजोड प्रस्तुति प्रस्तुत गरेको थियो ।

२०७५ असाेज १६ गते   प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :