नेकपाका दुई नेता धमला र कार्की रिहा

   

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्यहरु मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार भएको बहस पछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । गैरकानूनी थुनामा राखेको भन्दै धमलाका छोरा चेतन शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले दुवैजनालाई रिहा गर्न आदेश दिएको हो । यो बन्दीप्रत्यक्षीकरणको पाँचौं रिट हो । रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो । दुबै नेतालाई साउन १० गते काठमाडौँको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पु¥याएको थियो । उनीहरुलाई प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो । रिहा पछि दुबै नेतालाई कार्यकर्ता, परिवार, समर्थक र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।
२०७५ असोज १६ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :