महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा आएको छ । रातो खबर प्रकाशनगृहले प्रकाशन गरेको महासचिव विप्लवको ‘महापतन’ पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलन र विशेषगरी जनयुद्धबाट आएका प्रचण्ड–बाबुराम–बादल समूहको राजनीतिक महापतनका बारेमा संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको विजयको सुनिश्चितता प्रस्ट गरिएको छ । उक्त पुस्तकको व्यक्तिगत मूल्य तीन सय रुपैयाँ रहेको प्रकाशनले जनाएको छ । प्रकाशनले पुस्तकको अग्रीम बुकिङका लागि इमेल ratokhabar@gmail.com मा राख्नुहाेला ।

२०७५ असोज १६ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :