योङ रेड फोर्स कञ्चनपुरको अध्यक्षमा जैशी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, कञ्चनपुरको जिल्ला भेला सोमबार सम्पन्न भएको छ । भेलाले मनमोहन जैशीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मास नेपाली, सचिवमा गोविन्द धामी, सहसचिवमा विरेन्द्र जोशी र कोषाध्यक्षमा जानकी केसी रहेका छन् ।

भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरो इन्चार्ज राप्तीले युवाहरुले विकृति विसंगति विरुद्ध लड्नुपर्ने बेला आएको बताए ।
इन्चार्ज राप्तीले प्रकृतिले नै लड्ने सैन्य गुण दिएकाले सबै मानव जातिलाई मुक्त गर्न सम्पूर्ण युवाहरु एकिकृत जनक्रान्तिमा सामेल हुन आह्वान गर्नुभयो । राज्यले आफूहरुलाई सुनियोजित ढंगले झुठ्ठा मुद्धा लगाइरहेकोमा आक्रोश व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा योङ रेड फोर्सका निवर्तमान कोषाध्यक्ष तथा सुदुपश्चिम कमाण्ड इन्चार्ज दिनेश विकले पुजीवादले युवाहरुलाई विकृति विसंगति, लागु औषधको भुलभुलैयामा पारेर क्रान्तिबाट विमूख गर्न खोजिरहेकोले त्यतातर्फ नलागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन सम्पूर्ण युवाहरुलाई आह्वान गरेका छन् ।

कार्यक्रममा नेपाल क्मयुनिष्ट पार्टीका जिल्ला इन्चार्ज अग्नि, जिल्ला सेक्रेटरी राजेन्द्र विष्ट, पार्टीका ब्युरो सदस्य धन बहादुर बुढा, योङ रेड फोर्सका केन्द्रीय भेला आयोजक समितिका सदस्य श्याम भट्ट, भुवन कुवर लगायतले बोलेका थिए ।

२०७५ असाेज १५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :