रामेछापमा नेकपाको अभियान जारी

   

रामेछाप : नेपाल कम्युनिस्ट पार्टीको चारमहिने ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ पूर्वी ताम्सालिङमा अगाडि बढिरहेको छ ।

पूर्वी ताम्सालिङअन्तर्गत रामेछापमा सहिद परिवार भेटघाट, पूर्वजनसेना तथा केपी सरकारले उठाएको करबाट आजित भएका जनतासँग अन्तक्र्रिया र नेकपाले लिएको योजनाका बारेमा घनीभूत छलफल चलेको जानकारी रामेछाप जनपरिषद्ले दिएको छ ।
पार्टी जिल्ला इन्चार्ज जमिन, सेक्रेटरी अभिलाश, जिल्ला जनपरिषद्का प्रमुख तुफान र न्याय विभाग ब्युरोका संयोजक गुञ्जनलगायतको उपस्थितिमा विभिन्न ठाउँमा पर्चा, पोस्टरिङ र भित्तेलेखन गर्ने काम सम्पन्न भएको छ । जिल्लाको साबिक गाविस राकाथुम, खनियापानी, बेथान, गुन्सी, लखनपुर, गौश्वारा, टोकरपुर, दोरम्बा, खाँडादेवी, माकादुम, पकरबास, रामेछाप, हिमगङ्गा, देउराली, साँघुटार, रामपुरलगायत गाविसमा भित्तेलेखन र पर्चापोस्टरिङका साथै विभिन्न पार्टीमा आबद्ध र प्रचण्ड–बाबुरामको स्खलित विचारबाट आजित भएका पुराना कमरेडसँग सकारात्मक छलफल भएको नेकपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :