नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा, अभियान सान्दार बन्दै

  

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता रोल्पा जिल्लाका विभिन्न गाउँँमा पुगेको छ । उक्त पार्टीले ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ लिएर नेता–कार्यकर्ताहरू रोल्पाका हरेक गाउँ र हरेक टोलमा पुगेका छन् । अभियानका क्रममा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर बजारमा सयौं जनताको सहभागितामा भब्य आमसभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै सुवेदीले जिल्लामा जुन गाउँपालिका र वडापालिकाहरूले जनतालाई सताउने गर्छ, त्यसलाई आफ्नो पार्टीले कारबाहीको निशाना बनाउने चेतावनी दिए ।

‘हामीले जनताका जनजीवीका, जनतन्त्र, सुशासन र स्वाधीनताका आवाज बुलन्द बनाइरदा जुन वडा पालिका र जुन गाउँपालिकाले सबैभन्दा बढी जनतालाई सताइरहेकोे छ तेहि नै हाम्रो पहिलो निशानामा पर्छ ।’

सेक्रेटरी सुवेदीले सुरक्षाकर्मीहरूलाई नेकपासँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै अगाडि भनेका छन्, ‘सुरक्षाकर्मी दाजुभाइहरू सक्नुहुन्छ तपाईं हामी मिलेर देशको सिमाना मिचिएको ठाँउमा गएर भारतीय साम्राज्यवादका विरुद्ध लडौं । होइन भने तपाईंहरुको हतियार हामीलाई सापटी दिनुस् हामी लड्छौं ।’

माथिको आदेश भन्दै आफुहरूलाई गिरफ्तार नगर्न प्रहरीलाई उनले थप आग्रह समेत गरे । ‘तपाईंहरु माथीको आदेश भन्दै हामीलाई धरपक्ड गिरफ्तार नगर्नुहोस् देश रहेन भने तपाईहरु पनि रहनुहुदैन ।’

२०७५ असोज १५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :