योङ रेड फोर्सका शाहीको निर्मम हत्या, हत्यारालाई नछाड्ने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पाटी निकट योङ रेड फोर्सका सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो ।

कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा लढेखोलामा हत्या गरी फालिएको अवस्थामा शव फेला पारिएको थियो । शाहीको हत्यापछि लासलाई पानी जमेको ठाउँमा भिरबाट लास खसालिएको अवस्थामा शव भेटिएको बताइएको छ ।
हत्या गरिएका शाही योङ रेड फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीका भाई हुन् ।

योङ रेड फोर्स कालिकोट जिल्ला समितिले आइतबार एक विज्ञिप्त जारी गरेर हत्याको घोर भत्र्सना गरेको छ । रेड फोर्सका जिल्ला अध्यक्ष शितलकुमार विष्टद्वारा जारी विज्ञप्तिमा शाहीको अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । साथै अध्यक्ष विष्टले घटनाको निस्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

पीडित पक्षलाई न्याय दिन र हत्यारालाई कारवाही गर्न संगठनको जिल्ला समितिले जोडदार माग गरेको छ । सरकारले शाहीको हत्यारालाई नियन्त्रणमा लिई कारवाही नगरे संगठनले नै कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

२०७५ असोज १५ गते साेमबार  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :