अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा जोशी

 

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको उक्त भेलाले लोकेश जोशी अध्यक्ष रहने गरी १७ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
जसको जिल्ला कार्यसमितिको उपाध्यक्षमा शारदा अधिकारी, सचिवमा टेक बहादुर विक र कोषाध्यक्षमा विपना घर्तिमगरलाई चयन गरिएको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाहीको प्रमुख अतिथि, अतिथिहरु भेरी जबस फ्याक्स इन्चार्ज अनन्त, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य भरत रावललगायत अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७५ असाेज १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :