यस्तो पनि सरकार

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

गीत

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त
यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो

देश बेच्नु हुन्न भन्दा गोली चलाउने
भ्रष्टाचार भयो भन्दा जेल पठाउने
तस्करी बढ्यो भन्दा अतिवादी देख्ने
बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने
यस्तो पनि ……………..
यो त सारै ……………..

शान्तिपूर्ण सभा पनि गर्न नपाउने
जनताका आवाजहरू, बोल्न नपाउने
विदेशीको पाउमा तेल लगाउने
योद्धाहरूको पाउमा नेल लगाउने
यस्तो पनि ……….
यो त सारै …………….

सर्वहारा भन्दै, अर्बपति बन्दै
कम्युनिस्ट हो भन्दै, पुँजीवादी बन्दै
सुविधाको कुरा मात्रै कागजमा लेख्ने
करमाथि कर थपी जनतालाई सेक्ने
यस्तो पनि …………….
यो त सारै …………..

 

२०७५ असाेज १४ गते अाइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :