अखिल (क्रान्तिकारी) गोरखाको अध्यक्षमा सुवेदी

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । उक्त सम्मेलन गोरखास्थित निर्माण व्यवसायी सङ्घको हलमा सम्पन्न भएको हो ।

सम्मेलनले सुशान्त सुवेदी (समिर) नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी सम्मेलनको ढकाल प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलनमा ‘सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थी एकजुट हौँ !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवादी शिक्षाका निम्ति विद्यार्थी आन्दोलन !, एकीकृत जनक्रान्तिको मार्गमा २१ औँ जिल्ला सम्मेलन !’ नारा साथ सम्पन्न भएको हो । 

उक्त सम्मेलनमा नेकपाका गण्डक ब्युरो सदस्य कपिल भट्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, गण्डक ब्युरो संयोजक मिलन राई, जिल्ला संयोजक सुसन सुवेदीलगायत सहभागी थिए । पछिल्लो समय अखिल (क्रान्तिकारी) ले सङ्गठन विस्तार अभियानलाई तीव्र पारेको छ ।

२०७५ असोज १३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :