पार्टी विरोधी गतिविधि गर्ने पत्रकार रावत निश्कासित – नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पत्रकार संगठन, नेपालको नाममा यही असोज ११ गतेका दिन केन्द्रीय समिति गठन गरी अध्यक्ष डिल्लीराज रावतलाई सबैतहको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । शनिबार उक्त पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका इन्चार्ज सुलभले प्रेस विज्ञप्ति जारी गरी क्रान्तिकारी पत्रकार संगठन, नेपालको गठन यस अघि नै प्रकाश डुम्रेको अध्यक्षतामा भैसकेको कुरा सार्वजनिक भइसकेका भन्दै रावतलाई निश्कासन गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत दिएका छन् ।
यस्तो छ इन्चार्ज सुलभले जारी गरेको विज्ञप्ति –
 

नेपाली क्रान्तिकारी पत्रकारिताको इतिहास बोकेको, सधैँ जनता र राष्ट्रको मुक्तिका पक्षधरता कायम राख्दै आएको क्रान्तिकारी पत्रकार संगठन, नेपालको नाममा यही असोज ११ गतेका दिन केन्द्रीय समिति गठन गरी डिल्लीराज रावतलाई अध्यक्ष बनाइएको भनी आएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालको गठन यस अघि नै प्रकाश डुम्रेको अध्यक्षतामा भैसकेको कुरा सार्वजनिक भइसकेको छ । साथै उक्त संगठन क्रियाशिल रहिरहेको छ । उक्त संगठनमा रहँदै आएका डिल्लीराज रावत संगठनको वर्खिलाफ गई आफैलाई अध्यक्ष घोषणा गरेकाले निजलाई सबैतहको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिएको जानकारी गराइन्छ । साथै निजव्यक्तिसँग क्रान्तिकारी पत्रकार संगठन, नेपालको आजको मितिदेखि कुनै सरोकार नरहेकाले संगठनसँग सम्बन्धित कुनै कार्यपनि नगर्न सबैमा सूचित गराइन्छ ।

२०७५ असाेज १३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :