क्रान्तिकारी पत्रकार सङ्गठनले गर्‍यो दुई अराजक सदस्यलाई कारबाही

दाङ ः नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनका दुईजनालाई सङ्गठनको साधारण सदस्य नै नरहने गरी उक्त सङ्गठनको दाङ जिल्ला समितिले निष्कासित गरेको छ । उक्त सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष एवम् जिल्ला अध्यक्ष जानकी दहितले बिहीबार प्रेस  विज्ञप्ति जारी गर्दै दाङ जिल्लाका उपाध्यक्ष सन्तोष गुप्ता र कोषाध्यक्ष विदुर एमसीलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको जानकारी दिएकी हुन् ।

केन्द्रीय कोषाध्यक्ष दहितले ती दुईजनाले सङ्गठनको नीति, विधि, पद्धति र अनुशासनविपरीत चल्नुका साथै सङ्गठनका नाममा आर्थिक हिनामिना गरेको बताएकी छिन् ।

२०७५ असाेज १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :