अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाको २१ औँ जिल्ला सम्मेलन शुक्रबार सुरु भएको छ । सम्मेलन गोरखास्थित निर्माण व्यवसायी सङ्घको हलमा सुरु भएको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी सम्मेलनको ढकाल प्रमुख अतिथि हुनुहुन्छ । सम्मेलनमा ‘सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थी एकजुट हौँ !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वैज्ञानिक समाजवादी शिक्षाका निम्ति विद्यार्थी आन्दोलन !, एकीकृत जनक्रान्तिको मार्गमा २१ औँ जिल्ला सम्मेलन !’ नारा तय गरिएको जानकारी आयोजकले दिएका छन् ।

उक्त सम्मेलनमा नेकपाका गण्डक ब्युरो सदस्य कपिल भट्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, गण्डक ब्युरो संयोजक मिलन राई, जिल्ला संयोजक सुसन सुवेदीलगायत सहभागी छन् ।

नयाँ कार्ययोजना तय गर्दै सम्मेलन शनिबार सम्पन्न हुने जानकारी आयोजकले दिएका छन् । पछिल्लो समय अखिल (क्रान्तिकारी) ले सङ्गठन विस्तार अभियानलाई तीव्र पारेको छ ।

२०७५ असोज १२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :