महासचिव विप्लवद्वारा जनआस्थाको भ्रमपूर्ण समाचारप्रति दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार प्रकाशित जनआस्था साप्ताहिकको ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित गरिएको प्रति दुःख प्रकट गर्नुभएको छ । महासचिव विप्लवले भन्नुभएको छ, ‘समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा हो । हामी सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्दछौँ ।’
महासचिवले ४९ दिन लामो हिरासतबाट मुक्त हुनुभएका पार्टी प्रवक्ता प्रकाण्डलगायत रिहा भएका पार्टीका अन्य नेताहरूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

२०७५ असोज १० गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :