वरिष्ठ बुद्धिजीवी दिल साहनीमाथि दुव्र्यवहार, नेकपासहित तीन पार्टीद्वारा विरोध

बुटवल : वरिष्ठ साहित्यकार, वाम बुद्विजीवी, स्रष्टा एवम् पत्रकार सेनानी दिल साहनीमाथि बुटवलमा केही भूपू सैनिकहरूबाट दुव्र्यवहार गरिएको छ । उक्त दुव्र्यवहारप्रति नेकपासहित तीन राजनीतिक दलले आपत्ति जनाएका छन् । रूपन्देहीमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र नयाँ शक्ति पार्टी नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै लेखक साहनीमाथि भएको दुव्र्यवहार निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बुद्धिजीवी, वरिष्ठ अधिवक्ता एवम् पत्रकार सेनानी दिल साहनीले आफ्नो विचार राखिरहेको बेला केही भूपूसैनिकहरूबाट भएको अमानवीय दुव्र्यवहारप्रति घोर आपत्ति प्रकट गर्दछौँ । साथै आयोजक संस्था बुटवल उपमहानगरपालिकाले साहनीले आफ्नो विचार राख्न पाउने वातावरण मिलाउन पहल नगरेको प्रति खेद प्रकट गर्दछौँ ।’ विज्ञप्तिमा जितगढी किल्लामा स्थायी भारतीय पेन्सन क्याम्प राख्न नहुनेसमेत उल्लेख छ ।

असोज ५ गते बुटवल उपमहानगरपालिकाको सभाहलमा जितगढी किल्लामा रहेको भारतीय पेन्सन क्याम्प भारतलाई दिने/नदिने बारेमा भएको छलफलमा सहभागी भएर राष्ट्रिय स्वाधीनताका पक्षमा आफ्नो विचार राखिरहेको बेला केही भारतीय भूपूसैनिकले साहनीमाथि दुव्र्यवहार गरेका थिए ।

जितगढीमा भारतीय स्थायी पेन्सन क्याम्प राख्ने कि नराख्ने विषयमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा केही भूपूसैनिकहरूद्वारा दुव्र्यवहार भएको हो । लेखक साहनीले उक्त पीपीओ सम्झौताको विपक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।

विज्ञप्ति यसप्रकार रहेको छ–

२०७५ असाेज ९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :