कालीकोटमा अपरेशन

Kalikot Malkot editजेठ ७, कालीकोटः वैशाख ३१ गते नेपाल कम्युनिस्ट पार्टीले माल्कोेटको मतपेटिका कब्जा गरेर आगजनी गरेपछि जेठ ७ गते पुनः निर्वाचन घोषणा गरिएको थियो । जेठ ७ गते विहान १० बजेसम्म पनि जनता मतदान केन्द्रमा उपस्थित नभएपछि प्रहरीले नरहरीनाथ गाउँपालिका–६, (साविक माल्कोट–४) वरपर अपरेशन गरिरहेको समाचार छ । सल्लारुख, धनपाटा, राईटा, घोडेटहरा, राताखाल, पाङ्ग्रा, विथलडाँडामा २५० जनाको सङ्ख्यामा रहेको जनपथ र सशस्त्र प्रहरीले गाउँबाट लखेट्ने पक्राउ गर्ने कुटपिट गर्ने गरिरहेको छ । गाईगोठ, जंगल, घरमा तोडफोड र पक्राउपछि ती गाउँमा युवाहरु विस्थापित भएका छन् । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्र शाहीको नेतृत्वमा जनताका विरुद्ध व्यापक दमन भएको आरोप स्थानीयले लगाएका छन् । माओवादी केन्द्रका स्थानीय नेताहरु विष्णु विश्वकर्मा र जग्गु विश्वकर्माले प्रहरी लिएर घरघरमा गएको मालकोटबाट प्राप्त समाचारमा जनाइएको छ । प्रहरीले घरघरमा पसेर मतदातालाई घिसार्दै मतदान केन्द्रमा लग्दै गरेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :