अखिल (क्रान्तिकारी)का ६ नेताकार्यकर्ता गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का ५ जना र पार्टीका एक जना कार्यकर्ता गिरफ्तार परेका छन् । गिरफ्तार पर्नेहरु अखिल (क्रान्तिकारी) कास्कीका सचिव पवन पुन, सूर्य गुरुङ, गगन परियार, उज्जन पुन, सागर विक र नेकपा कास्कीका जिल्ला सदस्यहरु रविन्द्र राई लाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ ।

उनीहरुलाई शनिबार कास्कीको पोखरा रामबजारबाटबाट भित्तेलेखनमा खटिइरहेका बेला गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) कास्कीले जनाएको छ । पछिल्लो समयमा नेकपाका नेताकार्यकर्तामाथि सरकारले चरम दमन र गिरफ्तार साथै विभिन्न अभियोग लगाउने क्रमलाई झनै तीव्रता दिइरहेको छ । यसैकारण सरकारमाथि चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ ।

२०७५ अशोज ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :