प्रकाण्डको मुद्दामा सर्वोच्चमा बहस भएन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई लगाइको मुद्दामा आइतबार सर्वोच्चमा हुने भनिएको बहस मंगलबार हुने भएको छ । सर्वोच्च अदालतले समय अभाव भएको बताउदै प्रकाण्डको मुद्दाउपर मंगलबार बहस हुने जानकारी दिएको छ । चार पटकसम्म अदालतले रिहा गरेका प्रवक्ता प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरी विभिन्न जिल्लाहरु घुमाउदै आएको छ ।

राजनैतिक गतिविधि गरिरहेका पार्टीका नेताहरुलाई प्रहरीले झुटा मुुद्दा लगाएर दुःख दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको सन्दर्भमा मंगलबार प्रकाण्डको मुद्दा उपर बहस हुदैछ । पक्राउ गर्नुको कारण नभएपछि प्रहरीले बनावटी मुद्दा लगाएर दुःख दिएको भन्दै विरोध र विभिन्न खालका टिका टिप्पणी भैरहेकोले उनलाई रिहा गर्नैपर्ने दवाव बढेर गएको छ ।
यसैबीच नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई प्रहरीले पुन गिरफ्तार गरी दाङ पुर्याएको छ । बर्दियाबाट बाँके पुर्याइएका नेता पुनलाई आइतबार बाँके अदालतले रिहा गर्न वित्तिकै प्रहरीले पुन गिरफ्तार गरी दाङ पुर्याएको हो ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :