नेकपाका दुई नेता शिलु र आजाद रिहा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज भएको बहसपछि नेताद्वय भुजेल र केसीलाई अदालतले रिहाको आदेश दिएको हो ।

केही दिन पहिले भुजेललाई काठमाडौंको बनस्थली र केसीलाई भक्तपुरबाट गिरफ्तार गरेको थियो । पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि अदालतले रिहाईको आदेश दिएपनी प्रहरीले विभिन्न बनावटी मुद्दा लगाएर पटक पटक गिरफ्तार गर्दै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो ।

यसैबीच नेकपाको उपत्यका ब्यूरोले आफना पार्टीका नेता कार्यकर्ताहरुलाई अदालतले रिहाईको आदेश दिएपनि पटक पटक गिरफतार गरी दुख दिएको भन्दै आजै १ दिने उपत्यका बन्द गराएको थियो ।

२०७५ असोज ७ गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :