अभियानमय बन्दै गण्डक

   

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले शुरु गरेको केन्द्रीय कार्यक्रमअनुसार भदौ १ गतेदेखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ गण्डक ब्युरोमा भब्यरुपमा चलिरहेको छ । पार्टीका गण्डक ब्युरो सदस्य तथा तनहुँ इन्चार्ज उभार पुनको नेतृत्वमा कास्की र पर्वतको गाउ गाउँदेखि सहरसम्म अभियान चलिरहेको छ ।

अभियान टोलीहरू पर्बत र कास्कीका विभिन्न ठाँउमा पुगी कार्यक्रमहरु गरेका छन् । टोलीले पर्वतमा अभियान सम्पन्न भईसकेको छ । अहिले कास्कीको अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, लुम्ले माझगाउँ, ह्वारी, भिचुक,लान्द्रुक लगायतका ठाँउमा अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ । अभियान टोलीले ‘भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर !, राज्य आतंक बन्द गर !, महंगी नियन्त्रण गर !, वैज्ञानिक समाजवाद स्थापना गरौँ !, जनताबाट उठाएको कर फिर्ता गर !, दलाल सरकार मुर्दावाद ! , प्रकाण्डलगायत गिरफ्तार नेताकार्यकताहरु बिना सर्त रिहाई गर !’ लगायत नाराहरु भित्तेलेखन गरेका छन् । त्यस्तै उक्त अभियान टोलीले एकाईसमिति निर्माण गर्नेदेखि कोणसभा, भेला र अन्तक्र्रिया सञ्चालन गरिरहेको छ ।

उक्त टोलीले माझ गाउँमा बिस्नु विक अध्यक्ष रहेको ७ सस्यीय दलित मुक्ति मोर्चा गठन गरेको छ भने अर्जुन विक प्रमुख रहने गरी ७ सदस्यीय योङ रेड फोर्स गठन गरेको छ । यस्तै भिचुक ७ मा थमन गोतामे अध्यक्ष रहने गरी ९ सदस्यीय दलित मुक्ति मोर्चा गठन गरेको गरेको छ भने विद्या परियार अध्यक्ष रहेको ७ सदस्यीय योङ रेड फोर्स गठन गरेको छ । त्यस्तै अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घको अन्तक्र्रिया पनि गरेको अभियान टिमका सहभागीहरुले जानकारी दिएका छन् । अभियानटोलीले अन्नपूर्ण गाउँपालिका ७ माझगाउँमा सहिद टीका विक र बेपता खिमबहादुर विकको परिवारजनसग भेटघाट गरेकोे छ । अन्नपूर्ण गाउँपालिका ७ भिचुकमा वडा सदस्य चिजा विकको घरमै जनभेला गरि अन्तक्र्रिया तथा संगठन निर्माण गरेको छ ।

२०७५ असाेज ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :