सरकारी दमनका विरुद्ध उपत्यका बन्द

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आइतबार गराएको एक दिने उपत्यका बन्दको प्रभाव बिहानैबाट परेको छ । नेकपाले कार्यकर्ताहरुले बन्द अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड समेत गरेको बताइएको छ । बन्दको कारण शिक्षणसंस्था, सरकारी कार्यालय, उद्योग कलकारखाना बन्द छन् भने यातायात पनि प्रभावीत बनेको छ । नेकपाले गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग राख्दै उक्त बन्दको आह्वान गरेको हो ।

बन्दको कारण उत्पत्यकाका सरकारी तथा निजी विद्यालयहरु पूर्णरुपमा बन्द छन् ।  नेकपाको उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वलले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आफनो पार्टीका प्रवक्ता प्रकाण्ड पोलिटब्युरो सदस्यहरू पदम राई, शिलु, जीवन्त, गम्भीर, ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू दिपेश, आजाद, असल, देवनाराण शाहलगायत सयौं राजनीतिक नेताकार्यकर्ताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरेको भन्दै उपत्यका बन्दको आह्वान गरिएकोे बताएका छन् ।

कन्चनपुरकी निर्मला पन्त लगायत दर्जनौ किशोरीहरको बलात्कार र हत्या हुदा समेत सरकारले अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सटटा उल्टै अपराधी बचाउन अनेक प्रपन्च गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आफ्नो पार्टीका नेताकार्यकर्तामाथिको धरपकट र दमन बन्द गर्न सरकारसँग आग्रह गरिएको छ ।

२०७५ असोज ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :