तिमी झन् नेपाल बन्नू

म लड्दै मरेँछु भने
म फुल्दै झरेँछु भने
तिमी झन् नेपाल बन्नू
तिमी झन् हिमाल बन्नू
म लड्दै मरेँछु भने।।।
तिमी झन् नेपाल बन्नू !
पुर्खाको नासो हो यो
सबको चासो छ यो

झोली कसैले भरी
हेपी कोली अरूले टेके
तिमी झन् आयुध बन्नू
तिमी झन् बारुद बन्नू
तिमी झन् मशाल बन्नू
म लड्दै मरेँछु भने।।।
तिमी झन् नेपाल बन्नू !

मानोको मुरी हो यो
माटो मुटुको यो
आँखी कसैले गरी
काखी अरूले ठोके
तिमी झन् हतियार बन्नू
तिमी झन् विशाल बन्नू
म लड्दै मरेछु भने।।।
तिमी झन् नेपाल बन्नू !
मागी केही नखाई
बागी भई नबाँची
शिरोबिन्दुको सगरमाथा
विश्वबन्धुत्वको गौरवगाथा
बचाई म लड्दै मरेँछु भने
तिमी झन् नेपाल बन्नू
अरू थप मर्नुपरेछ भने
तिमी अगिसरा भएर
मृत्यु मन पराई मर्नू
तिमी शत्रु मराई मर्नू
शत्रुको चिहान बन्ने
पहिचान बचाई मर्नू
निशान फहराई मर्नू !

तिमी झन् नेपाल बचाई मर्नू
तिमी झन् हिमाल बचाई मर्नू
म लड्दै मरेछु भने।।।
तिमी झन् नेपाल बन्नू
तिमी झन् नेपाल बन्नू !
२०७५ असोज ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :