बन्दको पूर्व सन्ध्यामा उपत्यकाको ठाउँठाउँमा नेकपाले निकाल्यो मशाल जुलुस

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पूर्व घोषणा गरेको असोज ७ गते उपत्यका बन्दको पूर्व सन्ध्यामा उपत्यकाको विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ । यसैगरी नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले काठमाडौँको मुटु मानिने बाङ्गेमुडा किल्लागल बाट निकालेको विशाल मसाल जुलुस भेडासिंगेमा पुगेर समापन भएको जानकारी उक्त संगठनका केन्द्रीय सचिव पूर्ण श्रेष्ठले दिएका छन् । यसैगरी नेकपाका कार्यकर्ताहरुले भक्तपुरको जगातीस्थित मसला जुलुस निकालेको नेकपा भक्तपुरले जनाएको छ । पार्टी प्रवक्ता प्रकाण्डलगायत नेतालाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेकोप्रति नेकपाले उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको नेकपा उपत्यका विशेष ब्युरोले जनाएको छ ।

नेकपा भक्तपुर

याे पनि पढ्नुहाेस्

२०७५ असाेज ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :