क्रान्तिकारी पत्रकार सङ्गठनको पहिलो बैठक सम्पन्न

दाङ : क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको बैठक दाङमा सम्पन्न भएको छ । बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकार सङ्गठनका पक्षमा अभियान चलाउने निर्णय गरेको छ ।

बैठकपछि सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्टले संयुक्त विज्ञप्ति जारी गर्दै गलत व्यक्तिका नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका सङ्गठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकहरूलाई आग्रह गर्नुभएको छ ।

बैठकले देशभर विभिन्न जिल्ला शाखाहरूको भेला, बैठक, सम्मेलन गर्ने तथा पत्रकारितासम्बन्धी प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरेको छ । बैठकले देवानी तथा फौजदारी संहितामा रहेका प्रेस स्वतन्त्रताविरोधी बुँदा खारेज गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरूको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितका लागि हुने सबैखाले आन्दोलनमा सङ्गठनको ऐक्यबद्धता र सहकार्य रहने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७५ असोज ४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :