सुकुमबासी बस्ती उठाउनेलाई जनपरिषद्को चेतावनी

काठमाडौँ : थारुवान जनपरिषद् नेपालअन्तर्गत रहेको जिल्ला जनपरिषद् कैलालीले जिल्लाको घोडाघोडी नगरपालिका ३ भोजपुरबस्ती खाली गर्न दलाल, फटाहा अनिपाल भण्डाराले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकोे छ । जिल्ला जनपरिषद् कैलालीका प्रमुख करणले प्रेसविज्ञप्ति जारी गर्दै उक्त बस्तीमा दलाल, फटाहाको ज्यादती र राज्यआतङ्क बन्द गरी यथास्थानमा रहनदिन आग्रह गरेका छन् ।

घरटहरा र बस्तीमाथि डोजर लगाई उठाउन धम्की दिने कार्य नरोकिए कारबाही गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ । साथै विज्ञप्तिमा लेखिएको छ, ‘यति बेला देश गम्भीर राजनीतिक सङ्कटको अवस्थाबाट अघि बढिरहेको छ । देशमा द्वैधसत्ता सञ्चालन भएको छ । एकातिर कथित दलाल संसदीय व्यवस्था छ भने अर्कोतिर जनताको जनसत्ता जनपरिषद् नेपाल (जनसरकार) आफ्नो सत्ता सञ्चालन गरिरहेको छ ।’

कथित पुँजीवादी सरकारले भूमिहीन जनताको बस्ती उठाउन दलालहरूको सहयोग लिई जनताको अधिकार खोस्ने काम बन्द नगरे यस्ता दलालहरूलाई जिल्ला जनपरिषद् (जनसरकार) नेपाल कैलालीले कुनै पनि हालतमा छूट नगर्ने र जनअदालतको कठघारमा ल्याई जनकारबाहीको दायरामा राखी जनतालाई न्याय दिलाउने विज्ञप्तिमार्फत उनले जनाएका छन् ।

२०७५ असाेज ४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :