मुख्यमन्त्रीको अभिव्यक्तिविरुद्ध अखिल (क्रान्तिकारी) आक्रोशित

काठमाडाैँ : विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका प्रमुख पृथ्वी सुब्बा गुरुङको महिलाविरोधी अभिव्यक्तिप्रति आक्रोशित भएको छ । अखिल क्रान्तिकारी कास्कीकी महिला विभाग प्रमुख आस्था नेपालीले आइतबार प्रेसविज्ञप्ति जारी गर्दै नारीलाई वस्तुका रूपमा परिभाषित गर्दै नारीमाथिको हत्या, दुराचार र व्यभिचार गर्न उक्साउने मुख्यमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध सङ्घर्षमा जानुको विकल्प नरहेको उल्लेख गरेकी छिन् ।

महिला हिंसा र बेचबिखन रोक्नुको सट्टा वैधानिकता दिने र कर असुल गरी प्रदेश चलाउने गुरुङको अभिव्यक्ति खेदजनक रहेको निष्कर्ष निकाल्दै नेपालीले यस किसिमको गतिविधि दोहोरिएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएकी छिन् ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :