स्थानीय निर्वाचनको संकेत

कालीकोटमा बर्बर दमन, एकको मृत्यु, दर्जनौं घाइते
जनदमनको उचित ढङ्गले प्रतिरोध गर्छौं – विप्लव, महासचिव, नेकपा
chunabरातो खबर संवाददाता/काठमाडौँः जेठ ६, देशलाई व्यापक ध्रुवीकरण गर्दै संसदीय व्यवस्थाको स्थानीय तहको पहिलो चरणको चुनाव सकिएको छ । यो चुनावमा बहिष्कार अथवा खारेज अभियानमा शान्तिपूर्ण ढङ्गले सहभागी सयौं नेता, कार्यकर्तालाई गिरफ्तार गरियो । कयौँलाई झूट्टा मुद्दा लगाइयो र यातना दिइयो । कतिसम्म भने समाचार प्रकाशन–प्रसारण गरेकै कारण रोल्पा, पोखरा, काठमाडौं, मकवानपुरलगायत स्थानमा सञ्चारकर्मीलाई समेत थुनछेक, पक्राउपुर्जी, गिरफ्तार, दुव्र्यवहार गरियो । अधिकारकर्मीहरूसमेत गिरफ्तार गरिए । नेकपाका कार्यकर्तालाई देख्नासाथ बिनाकुनै कारण गिरफ्तार गर्ने जङ्गली आदेश गृहप्रशासनले ग¥यो । कालीकोट जिल्लाको माल्कोटका जनताले चुनावका विरुद्ध अभिमत व्यक्त गर्नासाथ बर्बरतापूर्वक गोली चलाइयो । यसका कारण दर्जनौँ घाइते भए । गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु नै भयो । घटनालगत्तै घाइतेको उपचार र राहत दिनुको सट्टा थप सुरक्षा बल पठाएर स्थानीय जनतालाई तर्साउने, थप दमन गर्ने घृणित कार्यमा प्रचण्ड सरकार उद्यत छ । यता तीनजना केन्द्रीय सदस्यसहित नेकपाका सयौं कार्यकर्ता गिरफ्तार गरिएका छन् । कुनै पनि राजनीतिक दलसँग संलग्न नभएका दर्जनौं सर्वसाधारण जनतासमेत पक्राउ गरिए । मध्यराति बिहारी डाँकाले झैँ सुतिरहेका नागरिकलाई पक्राउ पुर्जीसमेत नदिई अपहरण गरेर कपोलकल्पित मुद्दा लगाइयो । ४ वर्षका बच्चा र आमासमेतलाई छोडिएन । सङ्क्षिप्तमा भन्ने हो भने राज्यले भयानक राज्यआतङ्क नै उत्पन्न ग¥यो । त्यसप्रकारको राज्यआतङ्कको प्रतिरोध गर्ने घोषणा नेकपाका महासचिव विप्लवले गर्नुभएको छ र तत्काल ठूला घटना नभएको भए पनि ठाउँठाउँमा जनप्रतिरोध भएका छन् । संसदीय अप्रजातान्त्रिक चरित्रको विरुद्ध जनमत व्यापक बनेको छ र वैचारिक–राजनीतिक ध्रुवीकरण व्यापक बन्न गएको छ ।

त्यसको सङ्केत के हो भने यो चुनावको गर्भमा भयानक हिंसाको बीजरोपण भएको छ । सरकारी ज्यादतीका विरुद्ध नेकपाका महासचिव विप्लवले वैशाख २४ गते विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘हाम्रो पार्टी स्थानीय चुनावको खारेजी अभियानमा रहेको सबैलाई जानकारी नै छ । सो खारेजी अभियानमा रहेका नेता तथा कार्यकर्तालाई सङ्कटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज क. सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, सल्यान, धादिङ, पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरूलाई युद्धकालमा जस्तै झूट्टा मुद्दा लगाएको छ । कयौँलाई यातना दिएको छ र बेपत्ता पारेको छ । हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही दमनको कडा भत्र्सना गर्दछौं । साथै गिरफ्तार गरिएका कमरेडहरूलाई बिनासर्त मुक्त गर्न जोडदार माग गर्दछौं । अन्यथा दमनबाट उत्पन्न हुने प्रतिरोध सङ्घर्षको जिम्मेवार प्रचण्ड सरकार नै हुनुपर्नेछ । अन्त्यमा हामी सबै पार्टीपङ्क्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजिवी नागरिकहरूलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन, प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्यआतङ्कको प्रतिरोध गर्न अपिल गर्दछौं । हामीले दुःख, कष्ट बेहोरेर भए पनि देश र जनतालाई विदेशी दलाल तथा जनविरोधी तइभ्वहरूको उत्पीडनबाट जोगाउने आँट गर्नैपर्छ ।’

संसदीय व्यवस्थाको स्थानीय तहको निर्वाचनका विरुद्ध जनयुद्धको विरासत एवम् वैचारिक प्राधिकार बोकेको धारा सशक्त रूपमा प्रकट भयो । संसदीय होहल्ला र खराबमध्ये खराब छान्ने बाध्यता र चुनावमा मतदान नगर्नेलाई निशाना बनाइने सरकारी त्रासका कारण जनताको सानो समूह चुनावमा भाग लिन बाध्य भए पनि जनताको ठूलो समूह चुनाव खारेज अभियानमा उत्साहजनक ढङ्गले सहभागी भए । वैशाख ३१ गते नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै कार्यकर्ता र आम जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदीय व्यवस्थाको चुनावको पहिलो चरणको स्थानीय चुनावसँगै हाम्रो पार्टीको नेतृत्वमा जनताले सञ्चालन गरेको पहिलो चरणको चुनाव खारेज अभियान सम्पन्न भएको छ । संसदीय दलहरू र सरकार नियन्त्रित तथा घरानाका सञ्चारमाध्यमले जतिसुकै प्रचार गरे पनि चुनावप्रति जनताको रुचि देखिएन, न त व्यापक जनताको सहभागिता नै भयो । हाम्रो नेतृत्वमा संसदीय चुनावको खारेजी अभियान सशक्त प्रकारले सम्पन्न भयो । चुनाव खारेज अभियानमा हजारौँ कार्यकर्ता सक्रिय भए भने जनताको हार्दिकतापूर्ण सहयोग र समर्थन रह्यो । हाम्रो पार्टी अभियानमा सक्रिय रूपमा साथ दिने नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छ ।’

महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो पहिलो चरणको खारेजी अभियान सञ्चालन गर्दा राज्य पक्ष पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन र जिल्ला इन्चार्जहरू देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण तथा जिल्ला सेक्रेटरीहरू नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरेसहित सयौँ कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ । यतिसम्म कि सञ्चारकर्मी र अधिकारकर्मीहरूलाई समेत दमन गरिएको छ । सयौँलाई पक्राउ पुर्जी जारी गरिएको, झूट्टा मुद्दामा फसाउने षड्यन्त्र भएको छ । दिनरात गाउँसहरमा छापामारेर तर्साइएको छ । हामी त्यसप्रकारको सरकारी आतङ्कको निन्दा गर्दछौँ । साथै झूट्टा मुद्दा खारेज गरेर गिरफ्तार नेता, कार्यकर्ता र जनताको बिनासर्त रिहाइको माग गर्दछौं । गिरफ्तार भै हिरासतमा सङ्घर्ष गरिरहनुभएका कमरेड तथा राजबन्दीहरूलाई अभिवादन गर्दछौँ । हाम्रो काँधमा देशलाई स्वाधीन र जनतालाई कुनै पनि परिस्थितिमा दलाल सत्ताको चङ्गुलबाट मुक्त गराउने युगीन दायित्व छ । त्यसलाई हामी सबैले आत्मसात गरेर अगाडि बढौँ । जनताको जित सुनिश्चित छ ।’

त्यसैगरी कालीकोटमा भएको साहसिक प्रतिरोधबाट अत्तालिएको सरकारले अन्धाधुन्ध गोली चलाउँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । प्रचण्डले आफ्ना परिवारलाई राज्यको डाडुपन्यु सुम्पन नैतिकता र आदर्श दाउमा राखिरहेका बेला उनकै निर्देशनमा जनताको छोरो मारिएको छ । यो घटनालाई नेकपाले गम्भीर रूपमा लिएको छ । घटनाप्रति प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले भन्नुभएको छ, ‘वैशाख ३१ गते कालीकोट जिल्ला, माल्कोटमा जनताले चुनाव खारेज गरेपछि प्रचण्ड सरकार फासिस्ट रूपमा जनताका विरुद्ध उत्रियो । सो दमनका विरुद्ध जनताले प्रतिरोध गर्दा भएको झडपमा प्रहरीको गोली लागी माल्कोटका युवा तथा राप्रपाका उमेदवार धनरूप बटलाको निधन भएको छ । उक्त घटनामा कमरेडहरू बमबहादुर विश्वकर्मा, कुलबहादुर बटला र दानबहादुर बटला गम्भीर घाइते हुनुभएको छ । जनविरोधी दलाल संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नुले राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ । त्यसमा पनि प्रचण्ड सरकारले दृढतापूर्वक जनयुद्ध लडेका र अपूरणीय बलिदान गरेका माल्कोटे जनतामाथि आपराधिक शैलीमा दमन गर्नु हदैसम्मको निन्दनीय कार्य हो भने प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण पनि हो । हाम्रो पार्टी प्रचण्ड सरकारको यसप्रकारको कायरतापूर्ण हत्याकाण्डको घोर भत्र्सना गर्दछ । कालीकोट, माल्कोटका जनताको विद्रोह, श्रमिक जनताको मुक्तिको महान् मार्ग हो ।

जनयुद्धका प्रस्ताव र बलिदानहरूलाई अपमान गर्ने, प्रतिक्रान्ति लाद्ने दलाल संसदीय व्यवस्थाका विरुद्ध विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुसरण गर्न र अघि बढ्न आवश्यक छ । हामी माल्कोटका जनताको विद्रोहलाई गौरवका साथ अभिवादन गर्दछौँ । उक्त सङ्घर्षमा बलिदान गर्ने युवा धनरूप बटलालाई नेपाली क्रान्तिका महान् सहिद घोषणा गर्दछौँ । घाइते कमरेडहरूको उपचारको व्यवस्था गर्ने प्रतिबद्धतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यो दमनको उचित प्रतिरोध गरिछाड्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । जनअधिकारका लागि भएको बलिदान कहिल्यै खेर गएको छैन । जनताको हरेक थोपा रगतले दुस्मनका विरुद्धको लडाइँलाई नयाँ उचाइमा पु¥याएको इतिहास छ । माल्कोटका जनताको यो बलिदानले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न महइभ्वपूर्ण योगदान गर्नेछ ।

अन्त्यमा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी अभियानमा बलिानीपूर्ण प्रतिरोधद्वारा अग्रणी भूमिका निर्वाह गर्ने माल्कोटका जनतालाई सङ्ग्रामी अभिवादन गर्दै सम्पूर्ण पार्टीपङ्क्तिलाई माल्कोटका जनताको साहसिक प्रतिरोध सङ्घर्षको मार्गबाट सिक्न, अनुसरण गर्न र अझ अगाडि बढ्न हार्दिक आग्रह गर्दछ ।’ 

रातोखबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :