अमेरिकी ठेगानामा साइबर हमला

ameriki cybER ATTACT
एजेन्सीः जेठ ३, अमेरिकाले आणविक बम निर्माण गरेर जापानमा हमला गरेपछि विश्वभरी अमेरिकाका विरुद्ध छापामार प्रतिरोध सुरु भएको थियो । त्यसपछि समाजवादी खेमाको उदय र सितयुद्धपछि दुस्मनको रणनीति पत्ता लगाएर आफुमाथीको आक्रमण सुरुमै विफल पार्ने उदेश्यले अमेरिकाले ‘साइबर फौज’ को अवधारणा अगाडी ल्यायो । सो फौजले जिवानु हमला गर्ने, ह्याकिङ प्रविधिको विकाश गर्ने गरेको थियो । तर पछिल्लो समयमा सो प्रविधि अमेरिकी नियन्त्रण बाहिर पुगेको छ । ह्याकरहरुले अहिले सयौं अमेरिकी र अमरिकी गठबन्धन सेवा तथा संस्थाहरुमाथि जिवानुु हमला गरिरहेका छन् । अमेरिकी गठबन्धनले कहिले चीन, कहिले रुस र कहिले उत्तरकोरियामाथी त्यसको आरोप लगाउने गरेको छ । त्यसप्रकारको हमलामा गैरसंगठित समुह पनि भएको देखिन्छ । त्यसप्रकारको आक्रमण परमाणु भट्टीमाथी भयो र सुरक्षा प्रणाली भक्तियो भने के होला ? भन्ने प्रश्नले विश्व भयानक त्रास र तनावतिर धकेलिरहेको छ । अमेरिकी चुनावमा नै ह्याकरहरुले अमेरिकी सुचना प्रणालीमाथी चुनौती खडा गरेका थिए । भाइरस हमलाका कारण अमरिकी वर्चस्व खस्कदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :