नेकपाद्वारा उदयपुर बन्दको घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् ।

सम्पूर्ण उद्योगी, व्यवसायी, कर्मचारी, मजदुर र जनतालाई आफ्नो उद्योग, व्यापार, कलकारखाना, संघसंस्था, शिक्षण संस्था, यातायातलगायत सम्पूर्ण कार्यालयहरु बन्द गरी सहयोग गर्न अनुरोध गरेका छन् ।

इन्चार्ज र सेक्रेटरीले सम्पूर्ण उदयपुरवासीलाई न्यायको पक्षमा उभिनसमेत अपिल गरेका छन् ।

२०७५ भदौ ३० गते प्काशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :