जीवन्त र गम्भीरलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : नेकपा नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको भन्दै रिहा गर्न माग सहित चेतन शर्माद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार भएको बहसपछि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विपक्षीको नाममा आदेश गरेको हो ।

दोस्रोपटक पनि सर्वोच्चको आदेशमा रिहा भएका नेताद्वयलाई प्रहरीले सर्वोच्च अदालतपरिसरबाटै गिरफ्तार गरी थुनामा राखेको छ ।  दुबै जनालाई बम विष्फोटको अभियोग लगाइएको छ ।

२०७५ भदौ ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :