उमा भुजेल ‘शिलु’ पुनः गिरफ्तार

 
काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीकी पीबीएम उमा भुजेल ‘शिलु’ लाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए पनि उहाँलाई प्रहरीले पुनः गिरफ्तार गरी नुवाकोट लैजाने लागिएको बुझिएको छ ।
 
न्यायधीशद्वय माननीय शारदाप्रसाद घिमिरे र प्रकाशमानसिंह रावतको संयुक्त इजालसले शिलुलाई छोड्न आदेश दिएको हाे ।
यसअघि बन्दीप्रत्यक्षीकरणको सो मुद्दामा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, शालिराम सापकोटा, खेमानन्द अधिकारी, मनोहर लामिछाने, राजु अधिकारी, शिवकुमार यादवलगायत अधिवक्ताले बहस गर्नुभएको थियो ।
 २०७५  भदौ  २२ गते  प्रकाशित
 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :