नेकपाका डोटी सेक्रेटरी गिरफ्तार, रिहाइ नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य तथा डोटी जिल्ल्ला सेक्रेटरी गणेश रैनाल (रोशन)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनीलाई शुक्रबार साँझ परिवारको उपचारको क्रममा कैलालीको धनगढीमा आएको अवस्थामा कोठाबाट गिरफ्तार गरिएको छ । यसैक्रममा नेकपा सेती ब्युरोका कार्यालय सचिव भगतसिंहले शुक्रबारै प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको भत्र्सना गरेका छन् । सचिवले गिरफ्तार परेका रोशनलाई अबिलम्ब रिहाइको माग गरेका छन् ।साथै, तत्काल रिहाइ नगरे प्रतिरोधात्मक संघर्षबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार नै हुने चेतावनी पनि दिएका छन् ।


२०७५ भदौ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :