कालिकोट घटनाबारे नेकपाको विरोध प्रदर्शन

Biplovकाठमाडौंः जेठ १, कालिकोट घटनामा घाइते भएका ४ जना मध्ये आइतवार राती १ जनाको निधन भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तिको पूर्ण पाठ-

प्रेस विज्ञप्ति
बैशाख ३१ गते कालिकोट जिल्ला, माल्कोटमा जनताले चुनाव खारेज गरेपछि प्रचण्ड सरकार फासिष्ट रुपमा जनताका विरुद्ध उत्रियो । सो दमनका विरुद्ध जनताले प्रतिरोध गर्दा भएको झडपमा प्रहरीको गोली लागि मालकोटका युवा तथा राप्रपाका उमेदवार धनरुप बटलाको निधन भएको छ । उक्त घटनामा कमरेडहरु बमबहादुर विश्वकर्मा, कुलबहादुर बटला र दानबहादुर बटला गम्भिर घाइते हुनुभएको छ । जनविरोधी दलाल संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नुले राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ । त्यसमा पनि प्रचण्ड सरकारले दृढतापूर्वक जनयुद्ध लडेका र अपुरणीय वलिदान गरेका माल्कोटे जनतामाथि अपराधिक शैलीमा दमन गर्नु हदैसम्मको निन्दनिय कार्य हो भने प्रचण्ड प्रतिकृयावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण पनि हो । हाम्रो पार्टी प्रचण्ड सरकारको यसप्रकारको कायरतापूर्ण हत्याकाण्डको घोर भत्र्सना गर्दछ । कालिकोट, माल्कोटका जनताको विद्रोह, श्रमिक जनताको मुक्तिको महान मार्ग हो । जनयुद्धका प्रस्ताव र वलिदानहरुलाई अपमान गर्ने, प्रतिक्रान्ति लाद्ने दलाल संसदीय व्यवस्थाको विरुद्ध विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुसरण गर्न र अघि बढ्न आवश्यक छ । हामी माल्कोटका जनताको विद्रोहलाई गौरवका साथ अभिवादन गर्दछौं । उक्त संघर्षमा वलिदान गर्ने युवा धनरुप बटलालाई नेपाली क्रान्तिका महान सहिद घोषणा गर्दछौं । घाइते कमरेडहरुको उपचारको व्यवस्था गर्ने प्रतिवद्धतासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यो दमनको उचित प्रतिरोध गरिछाड्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । जनअधिकारको लागि भएको वलिदान कहिल्यै खेर गएको छैन । जनताको हरेक थोपा रगतले दुश्मनका विरुद्धको लडाईंलाई नयाँ उचाइमा पु¥याएको इतिहास छ । माल्कोटका जनताको यो वलिदानले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्नेछ ।
अन्त्यमा प्रतिकृयावादी दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी अभियानमा वलिानीपूर्ण प्रतिरोधद्वारा अग्रणी भूमिका निर्वाह गर्ने माल्कोटका जनतालाई संग्रामी अभिवादन गर्दै सम्पूर्ण पार्टी पङ्तिलाई मालकोटका जनताको सहासिक प्रतिरोध संघर्षको मार्गबाट सिक्न, अनुसरण गर्न र अझ अगाडि बढ्न हार्दीक आग्रह गर्दछ ।
संघर्षका कार्यक्रमहरुः
जेठ २ गते, देशव्यापी विरोध प्रदर्शन ।
जेठ ५ गते, देशव्यापी शोक शभा ।
क्रान्तिकारी अभिवादनसहित !

Pages from Press Bigyapti (Biplov) Jestha 1

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :