कालीकाेट झडपका घाइते धनरुप बटालाको निधन

कालीकोटः जेठ १, नेपाल कम्यनिस्ट पार्टी र प्रहरीबीच लामो समयसम्म झडप भै गोली चली ३ जना गम्भीर घाइते भएका मध्य धनरुप बटालाको निधन भएको छ ।  नरहरिनाथ गाउपालिका नन्दा देवी मा.वि. सेरापाटा मतदान केन्द्रमा मतपेटिका र पतपत्र जलाउने क्रममा प्रहरीको गोली लागि गम्भीर घाइते बटालाको गयराती मृत्यू भएको छ । त्यसको विरोध स्वरुप नेकपाद्वारा जेष्ठ–२ गते (भोली) देशव्यापी सभा र जेठ–५ गते सोक सभा गर्ने भएका छन् ।

कालिकोट जिल्ला समितिका
प्रेस विज्ञप्ति

संसदीय दलाल सरकारले घोषणा गरेको बैशाख ३१ गतेको कथित स्थानीय निर्वाचन खारेजी गर्ने पार्टी केन्द्रको योजना कालिकोटमा भव्य एवम् सानदार ढंगले सम्पन्न भएको छ । खासगरी बैशाख २२ गते फुकोटबाट शुरु भएको जनताको प्रतिरोध माल्कोटमा मतपेटिका कब्जासहित नष्ट गरि उत्कर्षमा पुगेको छ । संसदीय व्यवस्थाका मतियारहरुले जतिसुकै ढंका पिटेपनि यो राज्यको अन्तिम शाही सेना परिचालन गरेपनि यसमा जनसहभागिता अत्यन्तै न्यून रहेको छ । यसले कथित संसदीय व्यवस्थाप्रतिको जनताको वितृष्णा मुखरित भएको छ । निकट भविष्यमा यसको अन्त्य निश्चित छ । हाम्रो पार्टीको यो निर्वाचन खारेजी अभियानमा कालिकोटको ऐतिहासिक भूमि माल्कोटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक आफ्नो क्रान्तिकारी विराशत कायम गर्दै संसदीय दलाल सत्ताको डटेर प्रतिरोध गरेका छन् ।  यसक्रममा स्थानीयवासी धनरुप बटालाको दुखत निधन भएको छ भने दानबहादुर बटाला, कुलबहादुर बटाला र ब्यासी विक घाइते भएका छन् । एकीकृत जनक्रान्तिका पहिलो सहिद धनरुप बटालाप्रति हाम्रो पार्टी उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दैछौं । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै यो महान अभियानलाई सफल पार्न बिशेष गरि माल्कोट, फुकोट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता(कार्यकर्ताहरुले खेलेको भूमिकाको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।

समर
ईन्चार्ज /सेक्रेटरी

kalikot poto

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :