सन्धिखर्क नगर समितिको अध्यक्षमा विश्वकर्मा

 

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपाका अर्घाखाची जिल्ला इन्चार्ज कमल केसीको प्रमुख आतिथ्यता सम्पन्न भएको सम्मेलनले अयानबहादुर विकको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिहरुमा उपाध्यक्ष विनोद भट्टाराई, सचिव कृष्णबहादुर नेपाली, कोषाध्यक्ष आकाश विक रहेका छन् ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला इन्चार्ज केसी नेपालमा शिक्षा निशुल्क अनिवार्य हुनुपर्ने भनिएतापनि पुँजीपति र सामन्ती दलालको चपेटामा परी शिक्षामा व्यापारीकरण भएको बताए ।

परीक्षामा राम्रो नम्वर लिएर पास गरेको विद्यार्थीले आफुले चाहेको विषय पढ्न नपाउदा देशमा शैक्षिक बेरोजगार बढेको र यसले गर्दा देशमा बलात्कार हत्या हिंसा को घटना दिनप्रति बढ्दै गएको आपत्ति जाएका थिए ।

कार्यक्रममा उनीले नेपालमा पुँजीवादी र सामन्तवादी विचको खाडल पुरा नगर्दासम्म यो समस्या दिनदिनै बढ्दै जाने भएकोले नेपाली जनताको आवश्यकता अनुसार शिक्षा वैज्ञानिक शिक्षा भएकोले अब छिटै नै आउने र नेपाली जनतालाई निकाश दिने बताए ।
यसरी मन्तब्य राख्नेमा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रमेश गैरे, केन्द्रीय सदस्य तथा कपिलबस्तु इन्चार्ज रुपा बूढामगर, केन्द्रीय सदस्य कुलराज बन्जाडे, पाल्पा अध्यक्ष मुक्ति गैरेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक अयानबहादुर विक र सञ्चालन सदस्य धर्मराज नेपालीले गरेका थिए ।
२०७५ भदौ २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :