नेकपाका दुई पोलिटब्युरो सदस्यलाई २४ गतेभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’लाई भदौ २४ गते भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै बन्दीका आफन्तले भदौं २० गते बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
रिट उपर सुनुवाई गर्दै कायममुकायम प्रधान न्यायधीश ओमप्रकश मिश्रले एकल इजलासले बन्दीलाई हिरासतमा राख्नुको कारणको जवाफ माग्दै भदौ २४ गतेभित्र बन्दीहरुलाई उपस्थित गराउन सरकार र गृहमन्त्रालयका नाममा आदेश जारी गरेको छ ।
जिवन्त र गम्भीरलाई साउन १० गते काठमाडौँ आउदै गरेको बेला थानकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।
यसैबिच उनीहरुलाई सर्वोच्च अदालतले रिहा गरेलगत्तै प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो । उनीहरुलाई पनि भदौ १८ सोमबार दिउँसो सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट उपर सुनुवाई गर्दै रिहाको आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीसद्वय डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले साक्षीको रोहवरमा रिहाको आदेश गरेको हो । कार्की र धमलालाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।
यस अघि उनीहरुलाई काभ्रेको प्रहरी हिरासतमा राखिएको थियो । उनीहरुलाई बाहेक नेकपाका अन्य ३ पोलीट ब्युरो सदस्य, केन्द्रीय सदस्यहरु र अन्य नेताकार्यकर्ताहरु देशैभरी प्रहरी हिरासतमा छन् ।
२०७५ भदौ २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :