आऊ गरौँ बलिदान !

वीरहरूको बलिदानीले
बन्दछ देश महान्
जबजब पर्छन् सङ्कट ठूला
देश माग्छ बलिदान
साथी ! आऊ गरौँ बलिदान !
आफ्नो माटो, आफ्नो बाटो
आफ्नो दृष्टि, आफ्नै गान
आफ्नो भाषा, आफ्नो संस्कृति
आफ्नो मौलिकता पहिचान
आफ्नापन यी बाँचे मात्रै
बाँच्छन् राष्ट्रियता सम्मान
जबजब गुम्छन् आफ्ना पन यी
देश माग्छ बलिदान
साथी ! आऊ गरौँ बलिदान !
जत्ति भए पनि धनसम्पत्ति
जत्ति भए पनि पद–सम्मान
मर्नै पर्दछ आखिर साथी !
छाडी सारा वैभव सान
स्वाभिमान नै मुख्य कुरा हो
मुख्य कुरा नै हो पहिचान
जबजब गुम्छन् मुख्य कुरा यी
यी देश माग्छ बलिदान
साथी ! आऊ गरौँ बलिदान !

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :