कार्यकर्ता पढाउँदै नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ विभागले पुर्वी ताम्सालिङमा पार्टी स्कुल सञ्चालन गरेको छ । भदौ १३ देखि १६ गतेसम्म सञ्चालन गरिएको स्कुलमा पूर्वी ताम्सालिङअन्तर्गत पर्ने काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, रसुवालगायत जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।

पार्टी स्कुल उद्घाटन गर्दै नेकपाका पोलिटब्युरो सदस्य तथा स्कुलिङ विभागका वरिष्ठ सदस्य रणवीरले पार्टी कार्यकर्ताहरूको राजनीतिक चेतनास्तर विकास गर्न स्कुल सञ्चालन गरिएको बताए ।

उक्त पार्टी स्कुलमा रणवीरले दर्शनशास्त्र र राजनीतिक कार्यदिशाका बारेमा पढाएका थिए । यस्तै नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजयले वैज्ञानिक समाजवाद र गतिले अर्थशास्त्रसम्बन्धी कक्षा दिएका थिए । विजयको अध्यक्षतामा तीन दिन चलेको स्कुलको सहजीकरण अग्रीमले गरेका थिए ।
२०७५ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :